मुद्रा कोषको टोली किन नेपाल आयो?


काठमाडौं । नेपाललाई दुई वर्षअघि स्वीकृत गरिएको ३८ महिने विस्तारित कर्जा सुविधा (ईसीएफ) प्रगति समीक्षा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोली नेपाल आएको छ ।

मुद्रा कोषका तर्फबाट जार्को टुरुनेनको नेतृत्वमा आएको टोलीले नेपाल सरकारका उच्चाधिकारीहरू, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सरोकारवालाहरूसँग छलफल गर्नेछ ।

मुद्रा कोषका तर्फबाट जार्को तुरुनेनको नेतृत्वमा रहेको आईएमएफको टोलीले नेपाल सरकारका वरिष्ठ अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका प्रतिनिधि र अन्य सरोकारवालासँग छलफल गर्नेछ ।

भ्रमणमा देशको आर्थिक कार्यसम्पादन र ईसीफ कार्यक्रम अन्तर्गतको सुधारको कार्यान्वयनको समीक्षा हुने बताइएको छ ।

आईएमएफको टोलीले पेश गर्ने आर्टिकल फोर प्रतिवेदनले विस्तारित ऋण सुविधाअन्तर्गत नेपालको प्रस्तावित पहुँच र चरणबद्धताबारे पनि छलफल गर्नेछ र उपलब्ध अवस्थाहरूको समीक्षा गर्नेछ । ३८ महिना अवधिको विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गतको किस्ताहरूको अहिले मुद्रा कोषले पुनरावलोकन गरिरहेको छ ।

नेपालको भ्रमणमा रहेको मिसनका प्रमुर्खे टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको जानकारी दिएका छन्