सरकारले ताेक्याे गहुँको न्युनतम समर्थन मूल्य , गत वर्षको भन्दा प्रतिक्वीन्टल १८७ रु. बढी


काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष ०७९/८० का लागि गहुँको न्युनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को वैठकले यो वर्षका लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ समय ५१ निर्धारण गरेको हो ।

यो वर्षको समर्थन मूल्य गत वर्षको तुलनामा प्रतिक्वीन्टल १८७ रुपैयाँ बढी हो । गत वर्ष सरकारले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ६४ रुपैयाँ ९० पैसा तोेकेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि उपजको समर्थन मूल्य तोक्ने अभ्यास छ ।

प्रति क्वीन्टल उत्पादन, उत्पादन लागतमा २० प्रतिशत मुनाफा र प्रतिक्वीन्टल ढुवानी लागतसमेतको हिसाब गरेर कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारण गर्ने गरेको छ ।

सरकारले धान, उखु, गहुँ लगायतका उपजमा समर्थन मूल्य तोक्ने गरेको छ ।