पोखरामा सेगवेको नयाँ साेरुम खुल्यो


काठमाडौँ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ साेरुम संचालनमा ल्याएको छ ।

नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साेरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले पोखरा साेरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख राप्ने र वातावरणलाई पनि फाइदा पु¥याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।

शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–रईड गर्न सकिने र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्ने कम्पनीले जनाएको छ ।