भृकुटीमण्डपमा २४ औँ फ्लोरा एक्स्पो सुरू (फोटो फिचर)


काठमाडौँ । पुष्प व्यावसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आज (शुक्रबार) देखि काठमाडौँको भृकुटीमण्डपमा २४ औं फ्लोरा एक्स्पो सुरू भएको छ । ‘स्वच्छ वातवरण र आर्थिक समृद्धिका लागि पुष्प व्यावसाय’ भन्रे नारासहित चैत्र १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो सुरू भएको हो ।

उक्त एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा, ल्याण्डस्कोपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड सहित ८० स्टल रहेकाे छ । त्यस्तै प्रति स्टलको लागि ४० हजार शुल्क रहेको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।

उक्त एक्स्पोमा ४७ हजार अवलोकन कर्ताद्धारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको मेलाका संयोजक शिब बहादुर खड्काले जानकारी दिए ।