व्यापार घाटाका कारण अर्थतन्त्रमा समस्या देखियो: मन्त्री श्रेष्ठ


काठमाडौँ । वर्तमान समयमा अर्थतन्त्रमा देखिएको मुख्य समस्या व्यापार घाटा रहेको उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।आज (शुक्रबार) बाट सुरू भएको चार दिने २४ औं फ्लोरा एक्स्पोको उद्धघाटन समारोहमा बाेल्दै मन्त्री श्रेष्ठले आकासिएको व्यापार घाटालाई कम गर्न नसके नेपालको अर्थतन्त्रलाई सहि दिशामा लैजान असम्भव रहेको बताएका हुन् ।

उनले भने, “वर्षेनी हुने व्यापार घाटाका कारण हामी हामीले संकट बेर्होनुपर्ने स्थिति रहेको छ । मैले बारम्बार भनेको छु । पुँजीगत खर्च कार्यन्वनको क्षमता अभिवृद्धि गर्नुपर्छ । लामो समयदेखि पूँजीगत खर्च अपेक्षा अनुसार भएन भन्रे कुरा गरेका छौँ । त्यसकारण त्यसको कार्यन्वयन क्षमतामा अभिवृद्धि गर्दा मात्र व्यापार घाटा कम हुन्छ ।’’

मन्त्री श्रेष्ठले एक्स्पोले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सहयोग हुने बताएका छन् । एक्स्पोले अगामी दिनमा पुष्प व्यवासाय अझै बढी विकसित हुने र यसले राष्ट्रिय अर्थतन्त्रमा पनि थप सकारात्मक योगदान पुर्याउने छ भन्रे अपेक्षा रहेको बताए ।

सरकार र निजि क्षेत्रले हातेमालो गरेर अर्थतन्त्रलाई गतिमा अघि बढाउन र अहिले देखिएकाे समस्यालाई सकारात्मक तरिकाले समाधान गर्नको लागि छिटो कदम चल्नु पनि आवश्यक रहेको उनकाे भनाइ थियाे ।

“सरकारले यस दिशामा गम्भिर गृहकार्यको थालनि पनि गरेको छ । अहिलेको सकारात्मक पक्ष र प्रविधिलाई कसरी निरन्तरता दिने र कसरी अर्थतन्त्रलाई गतिशिल बनाएर समृद्धिको यात्रामा ल्यौजाने भन्रे मूल विषय हो । यो कामको लागि सरकार निजि क्षेत्रसँग हातेमालो गरेर संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनिति सार्वजनिक, निजि र सहकारीलाई आवश्यकता अनुसार प्रथामिकता निर्धारण गरेर अघि बढ्ने छौँ ,’’उनले भने ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले आजबाट सुरू गरेको एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा, ल्याण्डस्कोपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड सहित ८० स्टल रहने जनाएको छ । त्यस्तै प्रति स्टलको लागि ४० हजार शुल्क रहेको छ ।

उक्त एक्स्पोमा ४७ हजार मानिसले अवलोकन गर्ने तथा करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको मेलाका संयोजक शिब बहादुर खड्काले जानकारी दिए ।