रिलायबल लाइफद्वारा जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग


काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सडक दुर्घटना जोखिम न्यूनिकरणका निम्ती जिल्ला प्रहरी परिसर ललितपुरलाई बाह्र थान सडक डिभाइडर सहयोग गरेको छ ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धी विक्रम शाहलाई उक्त डिभाइडर हस्तान्तरण गरेको हो ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले कम्पनीले सडक दुर्घटना जोखिम न्यूनिकरण गर्न जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गरेको बताए । तिवारीले आउँदा दिनमा पनि यस्तै सहयोग गर्दै कम्पनी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।