जीवन विकास लघुवित्तको लाभांशमा परिर्माजन


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले लाभांशमा परिर्वतन गरेको हो ।

राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसअघि संस्थाको फागुन ६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।