नेप्से परिसूचक २६ अंकले घट्दा कारोबार रकम डेढ अर्बमा झर्यो


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.६० अंकले घटेर ३७३.९० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा शुभम् पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

१२ प्रतिशत गुडविल फाइनान्स डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ६.५५ प्रतिशतले घटेको छ ।

कुल २६० कम्पनीको ४७ लाख ७२ हजार १ सय ४० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय १० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।