नेप्से परिसूचक झिनो अंकले बढ्दा ८ वटा उपसमहुमा हरियाली


काठमाडौं । केही दिनदेखि लगातार घटेको सेयरबजार साताको कारोबारको तेस्रो दिन भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १.८५ अंकले घटेर १९५३.०६ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.१७ अंकले घटेर ३६८.३२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ वटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ५ वटा उपसमुह राताम्ये बनेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ४८ लाख २४ हजार १ सय २५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन एनआइसी एसिया व्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। फण्डको मूल्य ५.६४ प्रतिशतले घटेको छ ।

कुल २५५ कम्पनीको ३३ लाख १८ हजार १ सय ८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।