लघुवित्त र मिटरब्याजी पीडितद्वारा काठमाडौँमा प्रर्दशन


काठमाडौँ । लघुवित्त र मिटरब्याजी पीडितहरूले काठमाडौँमा आन्दोलन गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूको बिरोधमा काठमाडौँको माईतीघर मण्डलामा भेला भएर पीडितहरूले बिरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरूले आज संयुक्त बिरोध प्रदर्शन गरेका हुन् ।

५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरू भेला भइ संयुक्त आन्दोलन गरेको उनीहरूले दाबी गरेका छन् ।

उनीहरूले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।

लघुवित्तीय संस्थाहरूले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणिहरू बाहेकका विभिन्न नाममा गरिएको वचत कर्ताहरुको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

आन्दोलनमा सहभागीहरुले समाजवादी अर्थतन्त्रको विकास गर्, आम गरिव किसानलाई निःशुल्क ऋण प्रदान गर्, आवश्यक्ता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर् लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।