नेप्सेको ओरालो यात्रा कायमै


काठमाडौं । हिजो झिनो अंकले बढेको नेप्से परिसूचक आज फेरी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक १४ अंकले घटेर १९३८.६२ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.०३ अंकले घटेर ३६५.२९ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ वटा उपसमुहमध्ये १२ वटा उपसमुहको सेयर घटेको छ भने ट्रेडिङ उपसमुहको सेयर मात्रै बढेको छ ।
बुधबार नेप्सेमा कारोबार रकमका आधारमा एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँको कारोबार भएको हो ।
आजको दिन यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ५.९० प्रतिशतले घटेको छ ।
कुल २५३ कम्पनीको ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख ४१ हजार ८ सय ८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।