यति एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने सरकारको निर्णय


काठमाडौँ । यति एयरको विमान दुर्घटनाको छानबिन गर्न गठन भएको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने सरकार निर्णय गरेको छ ।

नेपाल सरकारको फागुन ३० गते बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय भएको बताएकी हुन् ।

जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे, सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।