एनएमबि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहन पुरस्कार दिने


काठमाडौँ । एनएमबि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको छ ।

विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैँया प्रदान गर्ने घोषणा गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीको मनोबल उच्च राख्नको लागि पुरस्कार घोषणा गरेको बताए ।

उनले भने,“खेलाडीहरु राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्च कायम राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ ।”