स्वास्थ बिमा बोर्डले एक महिनामै १ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गर्‍यो, कसले कति पाए ? (सूचीसहित)


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले एक महिनामै थप १ अर्ब ६३ करोड रुपैयाँ बिमा भुक्तानी गरेको छ ।

यो वर्षको छौटौं दाबी भुक्तानी गरिएको बोर्डले जनाएको छ । बोर्डले देशभरका ३४७ अस्पताललाई १ अर्ब ६३ करोड ६४ लाख ३० हजार ९ सय ५१ रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।

बोर्डले सेवा रोके पनि रकम बक्यौता रहेका अस्पतालको पनि भुक्तानी गरेको छ । बोर्डले अघिल्लो पाँचौ दाबी भुक्तानीमा मात्रै १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी रकम पठाएको थियो ।

कुन अस्पतालले कति पाए ?