नेपाल पत्रकार महासंघ काठमाडौ शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो ।

काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने उपाध्यक्ष अप्सरा गौतमले बताएकी छिन्। चैत्र २५ गते हुने साधारणसभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत गौतमले जानकारी दिइन् ।