नेप्सेको गिरावट जारी, १ अर्बमा खुम्चियो कारोबार रकम


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । आइतबार नेप्सेपरिसूचक ६ अंकले घट्दा कारोबार रकम १ अर्बमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयर बढेको छ भने ८ वटा उपसमुहको सेयर घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १० लाख ९८ हजार ६ सय ३३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आजको दिन सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । ग्रोथको मूल्य ९.५६ प्रतिशतले घटेको छ ।

कुल २५९ कम्पनीको ३१ लाख ६३ हजार ३ सय ८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८ सय २५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।