रासायनिक मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार


काठमाडौँ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्ने भएको छ । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा यसअघि दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाएको थियो, तर आज बसेको मन्त्रिषरिषद्को बैठकले मन्त्रालयको उक्त निर्णयलाई रोकेको हो ।

त्यस्तै बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।