काठमाडौँको टुँडीखेलमा घोडेजात्रा मनाइयाे (हेर्नुहाेस् २५ तस्बिर)


काठमाडौँ । काठमाडौँको टुँडीखेलमा घोडेजात्रा मनाइएको छ । घोडेजात्राको दिन नेपाली सेनाले टुँडिखेलमा घोडचढी कला प्रदर्शन गर्ने गरेको छ । घोडेजात्रालाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाउने गरिएको छ । यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाउने गरेको बताइन्छ । घोडे जात्रामा दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ ।

दानवले यो शहरलाई नाश गर्न चाहने र घोडाको टापले त्यस दानवको आत्मालाई दबाउने भएका कारण यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ । घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनिने गरिएको छ । यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको जनाइएको छ । यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।

तस्बिरहरूः पुष्पा पाल