निर्यात २९ प्रतिशतले घट्दा, आयात १९ प्रतिशतले घट्यो


काठमाडौँ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा १९.१३ प्रतिशतले आयात घटेको छ । निर्यात भने गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा २९.७ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैँया बराबरको आयात भएको हो । गत आर्थिक वर्षमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैँया बराबरको आयात भएको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा निर्यात १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने गत आर्थिक वर्षको ८ महिनाको अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबर वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार पनि गत आर्थिक वर्षको अवधिको तुलनामा २०.१४ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।