७३ प्रतिशत परिवारसँग स्मार्टफोन


काठमाडौँ । नेपालमा स्मार्ट मोबाइल फोन हुने परिवारको संख्या ७३ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यलयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार स्मार्टफोन हुने परिवारको संख्या ७३ प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन हुने परिवारको संख्या ७३.२ प्रतिशत रहेको छ । ल्याण्डलाइन टेलिफोन ४.५ प्रतिशत परिवारमा उपलब्ध रहेको छ ।

इन्टरनेट सेवा ३७.८ प्रतिशतमा पुगेको छ । रेडियोभन्दा टिभी धेरै जनसंख्यामा उपलब्ध रहेको जनाइएको छ । तथ्यांक अनुसार रेडियो ३४.२ प्रतिशतमा उपलब्ध छ भने टिभी ४९.४ प्रतिशतमा उपलब्ध रहेको छ ।

कम्प्युटर र ल्यापटप १५ प्रतिशत परिवारमा पुगेको तथ्यांक रहेको छ ।