नेप्से २३ अंकले घट्यो, हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन पनि सेयरबजारको गिरावट जारी रहेको छ । आइतबार नेप्से परिसूचक २६ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेृयर मापक सूचक नेप्से परिसूचक २६. ८५ अंकले घटेर १८८८.२९ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.०२ अंकले घटेर ३५५.९९ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहको सेयर मूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालन डिष्टिलरी लिमिटेको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३ सय ४१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा माया खोला हाइडो पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन जीवन विकास लघुवित्त वित्तीय, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, युनिक्यू लघुवित्त वित्तीय संस्था लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी तीन ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३ सय ३४ कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।