सम्झौता अनुसारको उडान नगरेर उल्टै चार्टरको अनुमति मागेपछि नेपाल वायु सेवा निगमलाई स्पष्टीकरण


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

नेपाल र मलेसिया सरकारबिच भएको हवाई सेवा सम्झौता उल्लंघन गरेको भन्दै प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको हो ।

नेपाल सरकार र मलेसिया सरकारबिच हप्तामा १४ वटा उडान सञ्चालन गर्ने सम्झौता भएको थियो तर निगमले उक्त सम्झौता उल्लंघन गरेको प्राधिकरणले जनाएको छ ।

निगमले नियमित उडान गर्नुको साटो चार्टन उडान सञ्चालनको लागि अनुमति मागेको समेत खुलेको छ ।

प्राधिकरणले भनेको छ,“प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भएतापनि सो वृतखण्डमा नियमित उडान सञ्चालन नगरी यात्रु चार्टर उडान संचालनको लागि अनुमति माग गरिएको विषयमा प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधिएको छ ।”