‘रासायनिक मलको कारखाना स्थापनालाई प्रथामिकता दिएका छौँ’


काठमाडौँ । भारत सरकारबाट वार्षिक रूपमा करिब २ लाख मेट्रिक टन रासायनिक मल खरिदको सम्झौता गर्दै आएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विकास महाशाखाका सह सचिव डा। राजेन्द्रप्रसाद मिश्रले बताए ।

कृषि विभागमा रासायनिक मलको उपयोगिता,उपलब्धता र चुनौतिको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले नेपालमा वार्षिक भारतबाट मात्र १ लाख ५० हजार मेट्रिक टन मलको आयात हुदैँ आएको र पछिल्लो पटक मन्त्रालयले कारखाना स्थापना गर्न सम्भाव्यता अध्ययन पनि गर्दै आएको बताएका छन् ।

प्रत्येक वर्ष नेपालमा हुने मलको हाहाकारलाई रोक्नको लागि मन्त्रालय तहदेखि अन्य निकायले पनि यस्तो समस्या अन्त्य गर्नको लागि प्राङ्गरिक मल उत्पादनमा पनि जोड दिएको मिश्रको भनाइ छ । उनले भने, ”सरकारले पनि यसको बारेमा अध्ययन गरेको छ भने नेपालमै रासायनिक मलको कारखाना स्थापना गर्न विगतदेखि नै कार्यहरू भएका छन् भने अगामी दिनमा हामी थप सशाक्त रूपमा अघि बढ्ने छौँ ।”

मिश्रले नेपालमा समयमा मल आपूर्तिमा नहुनुमा सरकार नै दोषि रहेको ठहराएका छन् । उनले सरकारले शुरूमा नै प्राप्त बजेट विनियोजन नगर्दा र मूल्य वृद्धि समायोजनको व्यवस्था नभएको बताएका छन् ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार वर्तमान समयमा ३५ हजार ६ सय मेट्रिक टन मल उपल्बध रहेको छ भने नेपाल आउनको लागि २६ हजार ५०० मेट्रिक टन मल लोडिङको क्रममा रहेको छ । त्यसैगरि ६१ हजार मेट्रिक टन मल वैशाखसम्म आउने र ९० हजार मेट्रिक टन मल कृषि मन्त्रालयले असारसम्म ल्याउनकाे लागि निर्देशन दिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ । यो सँगै लिमिटेडले ९० हजार मेट्रिक टन मल असारसम्म नेपाल भित्राउने छ ।