झपक्कै फुल्यो आँपको फूल (फोटो फिचर)


काठमाडौँ । यस वर्ष रौतहटको गुजारा नगपालिका वडा नम्बर ९ मा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । आँपको रूखमा फुलेको फूलले प्राकृतिक दुश्य अझै लोभ्याउने बनाएको छ, जसले गर्दा त्यहाँका किसानको मुहारमा पनि छुट्टै किसिम्मको चमक ल्याएको छ । बारीमा झपक्कै फूल फुलेपछि किसान खुसी छन् ।

बगैंचामा आँप ढकमक्क फुलेको देख्दा उत्पादन राम्रै हुने आशा जागेको किसान रमेश अधिकारी बताउँछन् । जसरी अधिक आँपको उत्पादन हुने भयो भनेर उत्साहित छन् त्यसैगरि कतै हावाहुरी र असिना आएर तहसनहस गर्ने त होइन, भनेर त्रासित पनि भएका छन् ।

“अहिलेसम्म मैले यसरी आँप फुलेको देखेका थिइन् । हावाहुरी र असिना नपरी मौसमले साथ दिएमा गत वर्षभन्दा तेब्बर आँप उत्पादन हुन्छ ’’ उनले भने ।