बालुवाटारमा मिटरब्याजी पीडित, प्रधानमन्त्रीले वार्ता गर्ने


काठमाडौँ । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् । काठमाडौँ आएर केही दिनदेखि सडकमा संघर्ष गरिरहेका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि शनिबार बिहान ८ बजे प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएका थिए।

काठमाडौँका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका मिटरब्याजी पीडित समास्या समाधानका लागि सरकारले वार्ता समिति पनि गठन गरेको छ ।

पीडितले यसअघि १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।