‘लोकल टु ग्लोबल’


चार वर्षअघि महाराजगंजको एक फ्ल्याटबाट सुरु भएको डिजिटल नेटवर्क सोलुसनमा अहिले प्रत्यक्ष रूपमा १२० जनाभन्दा बढी मानिसले काम गर्छन् । पहिलो वर्ष पाँच लाख रुपैँयाको कामबाट सुरु गरेको कम्पनीले गत वर्ष ३५ करोड बढीको कारोबार गरेको छ ।

प्रविधि क्षेत्रमा एक दशकको अनुभवसहित सन् २०१७ सम्म अरुण खत्री र सुदन ढकाल नेपालबाटै प्रविधि क्षेत्रको बहुराष्ट्रिय कम्पनीका लागि काम गर्थे । उनीहरूले काम गर्ने कम्पनीले नेपालको मोवाइल अपरेटर कम्पनीको प्रोजेक्ट गरिरहेको थियो । खत्री र ढकालको टिमले निर्माण गरेको उक्त प्रोजेक्ट कार्यान्वयनमा ल्याउनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भयो । भारतीय कम्पनीले आफ्नो जनशक्ति पठाएवापत दैनिक छ सय डलर शुल्क बुझथ्यो । सात दिनको काममा तीन हजार डलरभन्दा बढी शुल्क बुझ्यो । 

“उक्त प्रोजेक्टका लागि भारतबाट आएका इन्जिनियरले एकहोरो रूपमा हाम्रो टिमको कुरा वेवास्ता गर्दै काम गर्न खोजे” सुदन सम्झिन्छन्,“हाम्रो कुरा नमानेका उनीहरूले समस्या आएपछि बल्ल कमजोरी महसुस गरे, हामीले भनेको ‘स्टेप’ अनुसार उक्त प्रोजेक्ट सक्यौँ ।” अन्य देशबाट ल्याइएका इन्जिनियरले यति मोटो रकम लगेपछि अरुण र सुदनलाई नेपालबाट पलायन हुने पैसा आफ्नो ज्ञानको प्रयोगले स्वदेशमा रोक्ने सकिने बाटो देख्न थाले । 

आफ्नै टिम र जनशक्तिलाई प्रयोग गरेर किन त्यो तहको काम नगर्ने भनेर अरुण र सुदन दुबैजनाले केही साथीसँग मिलेर आइटी कम्पनी खोल्ने निर्णय गरे । त्यसपछि सेवामूलक कम्पनीका रूपमा स्थापना भयो, ‘डिजिटल नेटवर्क सोलुसन ’। 

सुरुका दिनमा नेटवर्क, सेक्युरिटी, इन्फास्टक्चर, क्लाउड क्षेत्रमा काम सुरु गरेको कम्पनीले स्थापनाको एक वर्षपछि सफ्टवेयर तथा एप्लिकेसन डेभलपमेन्ट एप्टिमाइजेसनका काम गर्न छुट्टै शाखा बनायो । 

चार वर्षअघि महाराजगंजको एक फ्ल्याटबाट सुरु भएको डिजिटल नेटवर्क सोलुसनमा अहिले प्रत्यक्ष रूपमा १२० जनाभन्दा बढी मानिसले काम गर्छन् । पहिलो वर्ष पाँच लाख रुपैँयाको कामबाट सुरु गरेको कम्पनीले गत वर्ष ३५ करोड बढीको कारोबार गरेको छ । छोटो समयमा डिजिटल नेटवर्क सोलुसनले ‘आइसिटी अर्वाड’ जितेको छ भने आईएसओ २७००१ सर्टिफाइड कम्पनी भएको छ । 

जीडीपीमा महत्वपूर्ण खम्बा

बाहिरको जनशक्ति ल्याएर काम गराउने प्रवृति अन्त्य गर्न चाहान्छौँ ।

अरुण खत्री, सिईओ   डिजिटल नेटवर्क सोलुसन

नेपालको सन्दर्भमा आइटी छुट्टै उद्योगको रूपमा उदय हुँदैछ । आइटीको जनशक्ति बाहिरबाट नकिनी, नेपाली जनशक्तिले नेपाल र विश्व बजारको काम गरौँ भनेर सुरु गरेका हौँ । अहिले पनि नेपालका ठूला प्रोजेक्टमा सामान, सफ्टवेयर, कार्यान्वयन गराउने जनशक्ति पनि बाहिरबाटै ल्याएर गराउँछन् । हामीले त्यो ट्रेन्डमा परिवर्तन ल्याउन खोजेका हौँ । 

जिडीपीमा मुख्य योगदान दिने क्षेत्रमा आइटी क्षेत्रलाई अग्रणी स्थानमा ल्याउन सकिने सम्भावना हामीले देखेका छौँ । हाम्रा कानुनीदेखि केही व्यावहारिक कुराहरू सरकारी निकायले बुझ्नुपर्छ । आइटी कम्पनीलाई विश्व बजारमा लैजान नीतिगत तहमा पनि पुर्नसंरचना गर्नुपर्ने आवश्यकता छ । 

विश्वबजारमा जानका लागि नेपाली नागरिकले लगानीका रूपमा यहाँको पैसा लगेर उद्योग खोल्न पाउँदैन । सेवा क्षेत्रलाई अन्य देशमा शाखा खोल्नका लागि ‘पेड अफ क्यापिटल’ लैजाने ढोका खोलिदिए, त्यो कम्पनीले त्यसपछि कमाउने पैसा त नेपाल भित्रिने हो नि । सबै क्षेत्रलाई एकैपल्ट खोल्नुपर्छ भन्ने होइन तर समस्या आउला भनेर ढोका नै बन्द गरेर बस्नु हुँदैन भन्ने हो । 

विशेष गरी प्रविधि सम्बन्धी कम्पनीलाई अन्य क्षेत्रमा जस्तो ठुलो लगानी चाहिँदैन्, मानौँ सिङ्गापुरमा १ डलरमा कम्पनी खोल्न मिल्छ भने त्यो एक डलर त कानुनी रूपमा लैजान दिनुप¥यो । आइटीका ठूला प्रोजेक्टबाट बाहिरिने रकम रोकेर डलर भित्र्याउन बलियो आधार बनाउन लागेका छौँ । बाहिरको जनशक्ति ल्याएर काम गराउने प्रवृति अन्त्य गर्न चाहन्छौँ ।

विश्वबजारमा ध्यान

सेवाग्राहीले आइटी कम्पनीलाई कुनै प्रोजेक्ट दिनु भनेको उसका हरेक डेटा, गोप्य सूचनाहरू सुरक्षित राख्न दिइने जिम्मेवारी हो ।

सुदन ढकाल, चिफ टेक्निकल अफिसर डिजिटल नेटवर्क सोलुसन

नेपालमा आइटी क्षेत्र उदीयमान उद्योगका रूपमा विस्तार भइरहेको छ । एक स्थानमा बसेर संसारभरिका कामहरू अनलाइनमा आदान प्रदान गर्न सकिने भएकाले विश्वबजारमा पुग्न केही हदसम्म सहज छ । विश्वबजारमा पुग्नका लागि हामीले एउटा छातामुनी विभिन्न हाँगाहरू निर्माण गरेका छौं । साइवर सेक्युरिटी, एप्लिकेसन, क्लाउड, डेटा सेन्टर, हार्डवेयर जस्ता विषयमा कार्य गरेको छौँ । 

हाम्रो प्रमुख उद्देश्य भनेको स्वदेशी ज्ञानलाई विश्वबजारमा लैजाने हो । आइटी सर्भिस वोरिन्टेड सेक्टर भएकाले यसमा जति नयाँ प्रविधि भित्रिए त्यसमा विभिन्न प्रकारका इस्यु पनि आउँछन्, त्यसलाई समाधान गर्दै अघि बढ्ने हो । ट्विटर, मेटा जस्ता विश्वकै प्रख्यात कम्पनीमा पनि समय समयमा विभिन्न इस्युहरू आइरहेका हुन्छन् । आइटी इन्जिनयर भनेका आर्मीजस्ता हुन् । 

जसरी एउटा आर्मीलाई समय समयमा तालिम दिइन्छ । आइटी क्षेत्रमा काम गर्ने जो कोहीले विकास भएका नयाँ प्रविधिबारे जानकारी राख्नुपर्छ । आउन सक्ने समस्याबारे चनाखो हुनुपर्छ । आफूलाई अपडेट गर्दै लैजानु पर्छ । कुनै पनि क्लाइन्टले आइटी कम्पनीलाई कुनै प्रोजेक्ट दिनु भनेको उसका हरेक डेटा, गोप्य सूचना सुरक्षित राख्न दिइने जिम्मेवारी हो । आइटी कम्पनीले त्यो डेटाहरू सुरक्षित राख्न सक्छ भन्ने प्रत्याभूति भए मात्र क्लाइन्टले प्रोजेक्ट दिने हो । 

हामीले बंगलादेशमा प्रोजेक्टका लागि पहल गर्दा सुरुमा त उनीहरू नेपालमा पनि ग्लोबल्ली काम गर्ने कम्पनी छन् भनेर छक्क परेका थिए । उनीहरूलाई हामीले गरेका कामहरू देखाएपछि विस्तारै कन्भिन्स गरेका हौँ । भाषाको केही समस्या रहे पनि अहिले त्यहाँ हाम्रो प्रोजेक्ट चलिरहेको छ । काठमाडौँदेखि आठसय किलोमिटरमा रहेको दिल्लीले राम्रो आम्दानी गरिरहेको छ । छिमेकी देशले आइटीबाट बिलियन डलर आम्दानी गरिरहँदा, जिडीपीमा दोहोरो अंकको योगदान दिइरहँदा हामी हाम्रो ज्ञानलाई इन्टरनेसनल मार्केटमा किन एक्सपोज नगर्ने ?

आइटी क्षेत्रलाई उद्योगका रूपमा लैजान चाहन्छौँ

देशभित्रकै स्रोत साधन प्रयोग गरेर आइटीलाई उदीयमान उद्योग र डलर आम्दानीको मुख्य स्रोत बनाउन ग्लोबल मार्केटमा प्रवेश गरेका छौँ ।

निरज शाह, उपप्रमुख डिजिटल नेटवर्क सोलुसन

विदेशी मल्टिनेसनल कम्पनीका काम गरेको अनुभव सँगालेपछि कम्फर्ट जोनबाट बाहिर निस्किएर प्रविधि उद्यममा लागेका हौँ । हामीले इन्फास्ट्रक्चर क्षेत्र नेटवर्किङ, साइवर सेक्युरिटी, हाडवेयरमा सेवामुखी व्यवसायका रूपमा डिजिटल नेटवर्क सोलुसन खोलेका हौँ । समयअनुसार हरेक सेवा सफ्टवेयरमा आधारित हुने क्रम बढेपछि एप्लिकेसन डेभलपमेन्ट एप्टिमाइजेसनबाट सुरु गरेका हौँ । एप्लिकेसनका लागि छुट्टै शाखा स्थापना गरेपछि सफ्टवेयर बेस कामहरू बिचक्राफ्टमार्फत गर्छौ । बिचक्राफ्टलाई मैले नेतृत्व गर्दै, सिंगो टिमको उपप्रमुखका रूपमा कार्यभार सम्हालेको छु । 

आइटीको सुन्दर पक्ष भनेकै एउटा इन्टरनेट सहितको ल्यापटप र आइडिया भए सबै उमेरका मानिसले काम गर्न सक्छन् । हामीले त्यहीँ आइडिया भएका मानिसहरूलाई स्वदेशमै रोजगारको प्रत्यभूति गराउँदै बाहिर जाने श्रृङ्खला रोक्न सकियोस् भन्ने चाहेका छौँ । आइटी पढेर नेपालमा बसेर पनि राम्रो लाइफस्टाइल जीउन सकिन्छ भन्ने सन्देश दिन खोजिरहेका छौँ ।

लोकल भेन्डरबाट पनि वल्र्ड क्लासको सर्भिस दिन सकिन्छ । हाम्रो देशभित्रकै स्रोत साधन प्रयोग गरेर आइटीलाई उदीयमान उद्योग र डलर आम्दानीको मुख्य स्रोत बनाउने विश्व बजारमा प्रवेश गरेका छौँ । पहिलो चरणमा आइटी सेक्टरबाट बाहिरिएको पैसा नेपालमा नै रोक्ने वातावरण निर्माणमा लागेका छौँ । दोस्रो, विश्वबजारका काम गरेर रेमिट्यान्स भित्र्याउने प्रसस्त सम्भावना छ, हामी त्यही सम्भावनाको खोजी गरिरहेका छौँ ।

नेपालको इन्टरनेट सेवा प्रदायकलाई समेत सेवा दिइरहेको डिजिटल सोलुसनले बङ्गलादेशको निजी क्षेत्रका प्रोजेक्टमा काम गरिसकेको छ भने अमेरिकामा आफ्नो ‘अपरेसन’ सुरु गरेको छ । नेपालको दक्ष जनशक्तिलाई प्रयोग गरेर विदेशी मुद्रा आर्जनको माध्यम बनाउन डिजिटल नेटर्वक सोलुसनल कटिबद्घ रहेको सञ्चालकद्वयको भनाइ छ । 

डिजिटल नेटवर्क सोलुसन पछिल्लो समय ‘इनहाउस प्रोडक्ट’ बनाउने काममा लागेको छ । यस कम्पनीले निर्माण गरेको ‘मिखा’ नेपालका केही बैंकले प्रयोग गरिरहेका छन् । कोभिडको समयमा जन्मिएको मिखाको अर्थ नेवारी भाषामा आँखा हो । कोभिडको समयमा बैंक तथा वित्तीय संस्थाले अनलाइन खाता खोल्ने सुविधा व्यापक बनाए । नयाँ खाता खोल्न भाइवर, ह्वाट्स्एपको प्रयोग गर्दा डेटा सुरक्षित थिएन् ।

डिजिटल नेटवर्क सोलुसनले भिडियो कम्युनिकेसन प्लेटफर्ममा डेटा सुरक्षित राख्न सकिने प्लेटफर्मको निमार्ण गर्‍यो । बैंक र वित्तीय संस्थामा लोकप्रिय मिखाले २०२१ को प्रोडक्ट अफ दि इयरको आइसिटी अवार्ड जितेको थियो । यो अवधीमा डिजिटल नेटवर्क सोलुसनले ५० भन्दा बढी संस्थाको काम गरेको छ । यसमा मुख्य गरी बैंक, टेलिकम, इन्टरनेट सर्भिस प्रोभाइडर जस्ता संस्था छन् । 

(टक्सार म्यागजिनबाट)