पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर


काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेको अशोक लेल्यान्डले पोखरामा स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको सुरुवात गरेको छ ।

छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा सुविधायुक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

अशोक लेल्यान्डले देशभर १८ आउटलेट सञ्चालन गरिरहेको र निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउने कम्पनीले जनाएको छ । हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट २० आउटलेट सञ्चालनमा रहेको जनाएको छ ।

अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने जनाएको छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्ट रहेको कम्पनीले जनाएको छ ।

शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले ग्राहक केन्द्रित रणनीतिको एक हिस्साका रूपमा डिलरसीप नेटवर्क विस्तार गर्न सधैं तत्पर रहेको बताए ।

‘नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’

आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएचपीपीएल (भेन्चर हायर पर्चेज प्रा।लि) र नबिल बैंकसँग सम्झौता गरेको जनाएको छ ।