धोबीखोलाको गन्ध छोप्न फूल ( फाेटाेफिचर)


काठमाडौँ । काठमाडौँका विभिन्र सडकको आसपासमा यतिबेला मौसमी फूल ढकमक्क फुलेका छन् । पछिल्लो समय कंक्रिटको शहर भनेर चिनिएको काठमाडौँमा हरियालीको महत्त्व पनि बढ्न थालेको छ । योसँगै काठमाडौँको धोबीखोलमा फोहोरको गन्धले मुख नछोपि हिड्न नसक्ने मानिसहरूलाई खुल्ला रूपमा हिड्नको लागि फूलले सहज बनाएको छ ।

त्यस्तै विभिन्न प्रजातिका फूलहरू फुलेसँगै राजधानिको सडक रंगीन देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै फुलेको फूलले मानिसको मनलाई मोहित पारेको छ । धुवाँधुलो, होहल्ला र सवारी साधानको भीडले वाक्क भएका राजधानीबासीलाई वस्नत ऋतुको आगमनसँगै फुलेका फूलहरूसँग आनन्दको अनूभूति गराएको छ ।

मौसमी फूलहरू मात्रै नभएर शहरको सौन्र्दय बढाउन र हरियाली कायम राख्न काठमाडौँ महानगरले खालि ठाउँमा बोट विरुवा रोप्ने कार्यलाई पनि तिव्रता दिदैँ आएको छ । त्यतिमात्र नभई पछिल्लो समय विभिन्र समयमा हुने पुष्पा मेलाले पनि मानिसहरूमा फूलको महत्तव बारे ज्ञान दिदैँ आएको छ ।