सम्पति शुद्धिकरण निवारण ऐन चालु अधिवेशनबाटै पारित गरिने


काठमाडौँ । सरकारले सम्पति शुद्धिकरण ऐन चालु अधिवेशनबाटै पारित गर्ने जनाएको छ । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा आर्थिक क्षेत्रसँग सम्बन्धित संसदमा विचाराधिन सम्पति शुद्धिकरण निवारण ऐन चालु अधिवेशनबाटै पारित गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय महत्वका पूर्वाधार आयोजना कार्यान्वयन ऐन, सार्वजनिक खरिद ऐन आदि तीन महिनाभित्र संसदमा प्रस्तुत गरी पारित गर्ने जनाइएको छ ।

सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक तथा क्रियाशील भूमिकाका आधारमा विकास निर्माण लगायतका समग्र आर्थिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।