नयाँ स्टक एक्सचेन्ज तथा ब्रोकर लाइसेन्स लागि बाटो खुल्यो, सर्वोच्चमा परेको रिट खारेज


काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज तथा ब्रोकर लाइसेन्स विरुद्ध परेको रिट खारेज गरेको छ। सर्वोच्चले नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज भएको छ।

गत बिहिबार मुद्दा हेर्दा हेर्दैमा राखेको थियो भने आइतबार खारेज गरेको हो । अधिवक्ता दिपक विक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरण प्रकृया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

न्यायधिश अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले रिट खारेजको लागि आदेश दिएको हो ।

सेबोनले गत असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो।

बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो। ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले आवेदन दिएका छन् भने स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन परेको छैन।