सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा शपथ ग्रहण


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सञ्चालक समितिका अध्यक्ष सत्यालले अन्य संचालकहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने जनाइएको छ ।

बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु रहेका छन् ।