‘विश्व मापदण्ड अनुसार इन्टरनेट सेवा गुणस्तरमा सुधार गर्दै जान्छौं’


काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघले विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको भेलाले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने उल्लेख गरिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुका बिच सहकार्य गर्न आह्वान गरिएको भेलामा सेवा प्रदायहरुको छलफल पश्चात इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने जनाइएको छ ।

नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एबं गरिमामय बनाउनका लागि आवश्यक छलफल, हातेमालो र सहकार्य गर्दै जाने निर्णय भएको उल्लेख गरिएको छ ।