लघुवित्तहरुको लाभांस कम गराएको हो: गर्भनर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले लघुवित्तको दिगोपनाको लागि लाभांस वितरणमा कडाइ गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले लघुवित्तको लाभांस वितरण यो पटक कम गराएको बताएका हुन् ।

उनले भने,“यो पटक लघुवित्तलाई १५ प्रतिशत लाभांस वितरण गर्न पाउने बनाइएको छ । अहिले लघुवित्तलाई एक खालको समस्या परेको छ । अहिले भएभरको नाफा लैजाने भोलि लघुवित्त कोल्याप्स भयो भने के गर्ने ? त्यस कारण अहिलेदेखि नै रोकेको हो ।”

लघुवित्तलाई कसरी सुधार गर्ने, यसको क्षेत्र के हुनुपथ्र्यो, सुधार गर्ने उपाय के के हुन सक्छ ? त्यसलाई विचार गरेर त्यहि अनुसार अगाडी बढ्नें बताएका छन् ।

गर्भनर अधिकारीले नेपालको बैंक तथा वित्तीय संस्था संकटमा नपर्ने बताएका छन् । उनले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेका कारण साना धक्काले असर नगर्ने बताएका हुन् ।

नेपालमा क्राइसिसको अवस्था नरहेको गर्भनर अधिकारीले उल्लेख गरे । उनले नेपालमा क्राइसिसको अवस्था नरहेको नेपालमा क्राइसिस भएको भए पाकिस्तान र श्रीलंकाको अवस्था के हो ? भन्दै प्रश्न गरे ।