महासंघकाे जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी


काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट सुरकृष्ण वैद्य ४३ मत प्राप्त गर्दै विजयी भएका छन् । अन्जन श्रेष्ठ प्यानलबाट लडेका अजयराज सुमार्गीले ३७ मत र उमेशलाल समूहबाट उपाध्यक्ष लडेका दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन्।

कार्यकारी समितिकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अञ्जन श्रेष्ठ, क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि.का उमेशलाल श्रेष्ठ र त्रिवेणी स्प्रिनिङ मिल्स प्रा.लि.का सामचन्द्र संघई तीन प्यानल भित्र रहेर विभिन्न पदमा चुनाव भएकाे हाे ।