२०७९को अन्तिम कारोबारमा स्थिर रह्रो सुन


काठमाडौँ । आज सुनचाँदी बजारमा २०७९को अन्तिम कारोबारका दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार यो वर्षको अन्तिम दिन सुनको मूल्य स्थिर रहि तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भइरेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार २५० रुपैयाँ कारोबार मुल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघको जानकारी अनुसार वुधबार १४५० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज यस वर्षको अन्तिम दिनमा स्थिर रहदैँ सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

२०७९ सालमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । विश्व बजारमा मूल्य बढ्सँगै नेपालमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनाएको हो । यस वर्ष तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यमा उच्च रेकर्ड बनाएको थियो ।