नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १४.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

चैत ३० गते बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ६/५ प्रतिशत नगद लाभांशको साथै कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड रहेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले पारित गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।