नेप्सेमा २३ अंकको गिरावट, कारोबार रकम ९२ करोडमा खुम्चियो


काठमाडौं । नयाँ वर्षको कारोबारको दोस्रो दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक २३ अंकले घट्दा कारोबार रकम पनि ९२ अर्बमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार (आज) नेप्से परिसूचक २३.६३ अंकले घटेर १९०८.०५ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.८७ अंकले घटेर ३६२.८७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा अरुण भ्याली हाइडोपावर लिमिटेको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७ करोड २ लाख ४३ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सनराइज ब्लूचिप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। फण्डको मूल्य ६.२५ प्रतिशतले घटेको छ ।

कुल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ७८ हजार ५ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।