नेप्से परिसूचक घटेपनि सेन्सेटिभ परिसूचकमा हरियाली


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम ८७ करोडमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सेयरमूल्य भने ०.१७ अंकले बढेर ३६३.०४मा झरेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयर घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा प्रभु बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । बैकको ५ करोड २६ लाख ३२ हजार १ सय २ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कालिका दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले घटेको छ ।

कुल २६६ कम्पनीको २९ लाख ७५ हजार ९ सय २० कित्ता सेयर किनबेच हुँदा ८७ अर्ब ४ लाख ४८ हजार १ सय ५१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।