नयाँ वर्षमा बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजनिक


काठमाडाैँ । बेनेली मोटरसाइकलको आधिकारिक विक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा. लि.ले नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” सार्वजनिक गरेकाे छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरूले ६० हजारसम्म छुट पाउन सक्छन् । जसमा ३५ हजार नगद छुट, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट, आर्थिक वर्ष २०८०| ०८१ को सडक करमा सहुलियत तथा अन्य आकर्षक उपहारहरू रहेको कम्पनीले जनाएकाे छ ।