काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नलिब बैंकको नाफामा वृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा बैंकको मुनाफा ५२ प्रतिशतले बढेको हो ।
चैत मसान्तसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड २० लाख ९५ हजार रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो।
अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधीमा ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
बैंकले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको खराब कर्जा १।१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्