हिमालयन बैंकको खुद मुनाफा २४ प्रतिशतले बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन बैंकको खुद मुनाफामा वृद्धि भएको छ । बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष समीक्षा अवधिमा बैंकको खुद मुनाफा २४ प्रतिशतले बढेको हो ।

बैंको विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको मुनाफा २४.९६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ८८ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधीमा बैंकले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले १ अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैैंकको विवतरण योग्य नाफा भने १ अर्ब ३२ करोड २९ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २६.४३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

सिभिल बैंकलाई एक्वायर गरेपछि हिमालयन बैंकको चुक्ता पुँजी र रिजर्भ कोषमा उल्लेख्य वृद्धि भएको छ । चुक्ता पुँजी ६६.९९ प्रतिशतले बढेर २१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने रिजर्भ कोष १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ ।

२१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोष १३ अर्ब ४८ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४ पैसा रहेको छ ।