सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भयो कारोबार ?


काठमाडौँ । आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार तोलाको एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर तोलाको १४२० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।