जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन रुस सकारात्मक छ : अध्यक्ष तिमिल्सिना


काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ ।  मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिना सहितको रुस भ्रमणकारी टोली स्वदेश फर्किएको हो ।

रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताए । उनले रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरूले बताएको अध्यक्ष तिमिल्सनाले बताए ।

उनले शोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध बिस्तार गर्न रुस तयार रहेको बताए । उनले दुई देशका संसदबिचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको बताए ।

उनले जिटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छफल भएको बताउँदै गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको बताए ।