मेन्छियाम हाइड्रोको सेयर बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँभएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत सेयर बाँडफाँड भएको छ । जस अनुसार गोलाप्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ७४ हजार २ सय २८ जना भाग्यमानीले मात्रै सेयर पाएका छन् ।

कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

यसरी हेर्नुहोस् नतिजा

उक्त आइपीओको नतिजा यसप्रकार हेर्न सकिन्छ ।

बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ , मेरो सेयरको वेबसाइट https://iporesult.cdsc.com.np/, सिडीएसीको वेबसाइट https://www.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।