स्वस्थ खाना पकाउने तेलको भूमिका महत्त्वपूर्ण हुन्छः शेफ साह


काठमाडाैँ । मास्टर सेफ प्रोफेसनल विजेता सन्तोष शाहले स्वस्थ खाना पकाउने तेलको महत्त्व हुने बताएका छन् । न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर रहेका साहले तेलकाे जनस्वास्थ्यमा प्रभाव रहने भएकाले खाना पकाउँदा शेफ निकै सजक रहनु पर्ने बताए ।

आरएमसी फुड्सले सम्पन्न गरेकाे शेफ सत्रको पहिलो संस्करणमा प्रशिक्षण दिँदै साहले शेफ समुदायकाे जिम्मेवारीका बारेमा प्रष्ट पारेका हुन् । शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको आयाेजकले जनाएका छन् । 

नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । सत्रमा उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो । 

साहसँगै नेपालका कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए । उनीसँगै शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्री श्याम लामा लगायत अन्य शेफहरुको उपस्थिति रहेको थियो ।

“नेपालका चर्चित र प्रमुख शेफहरू भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा हामीलाई गर्व महसुस् भएको छ । आज उपस्थित शेफहरू हाम्रो भर्खरै प्रस्तुत गरिएको न्युट्रीप्लसबारे पहिले नै जानकार छन् र यसलाई वहाँहरू आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौं,” आरएमसी फुड्सका कार्यकारी निर्देशक श्री यश अग्रवाल भने।

यस सत्रको उद्देश्य आफ्नो व्यवसायिक जीवनमा व्यस्त शेफहरूबीच सुमधुर भेटघाट र चिनजान गराउने रहेकाे र यस सत्रको सफलताले शेफ समुदायको लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न उत्प्रेरित गरेको उनले बताए।

आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रूपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ । कम्पनीले खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरूमा केन्द्रित छ । 

दशकौं पुरानो परम्परालाई निरन्तरता दिँदै, समूहले नेपालको औद्योगिक क्षेत्र जीतपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गरेको छ र एकैसाथ अन्य थप उत्पादनहरू ल्याउने योजना रहेकाे कम्पनीले जनाएकाे छ।