खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत ढुङ्गेल विरुद्व भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेल विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगेल उपर एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

अधिकृत ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए ।

ढुंगेलले अनुज्ञापत्रका लागि घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।