साताको पहिलो दिन नेप्सेमा १९ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक १९.१ अंकले घटेर १८७०.६५ अंकमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक २.९५ अंकले घटेर ३५८.१४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको १३ वटा उपसमुहमध्ये सबै उपसमुको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड २५ लाख १० हजार ८ सय २५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा एनएमबी सुलभ इन्भेष्टमेन्ट –२ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.३३ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्ु । कम्पनीको सेयरमूल्य ८.८९ प्रतिशतले घटेको छ ।

कुल २७१ कम्पनीको ३२ लाख ६ हजार ४ सय ५० कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।