नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्स दिन बोर्ड बनायो समिति


काठमाडौं । नयाँ स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति गठन गरेको छ । बोर्डले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ।

सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकले सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १–१ जना र सेबोनबाट २ जना सदस्य छन्।

समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशन मुकुन्दकुमार क्षेत्री, सेबोनका कार्यकारी निर्देशन एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठ र सेबोनका उपकार्यकारी निर्देशन अम्बिका गिरी छन्।

नयाँ लाइसेन्सका लागि स्टक एक्सचेन्ज तर्फ ३ र कमोडिटीज एक्सचेन्जफर्त ४ आवेदन परेको थियो। तर, बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने भएको हो ।