महानगरकाे निर्देशनपछि अव्यवस्थित तार हटाइदै (फाेटाेफिचर)


काठमाडैँ ।  केही दिन अघि काठमाडाैँ महानगरले सडक तथा सार्वजनिक स्थानको अव्यवस्थित तार हटाउन तथा व्यवस्थित गर्न सम्बन्धित सरोकारवालालाई १५ दिन समय ताेकेकाे थयाे । पोल–पोलमा गुजुल्टो बनाएर राखेएकाे तथा चुँडिएर सडकमा छरिएका तारका कारण सहरी सुन्दरतामा ह्रास पुर्याएको भन्दै अनावश्यक अव्यवस्थित तार हटाउन र आवश्यक तारलाई संकेत चिह्न लगाएर पहिचान गर्न निर्देशन दिएको हो । महानगरकाे आदेशपछि सम्बन्धित निकायले पाेलका अव्यवस्थित तारहरू हटाउँन थालेकाे छ ।

शब्द/तस्बिरः पुष्पा पाल