येज्दी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्कले आइतबार नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ।

मोटरसाइकल चालकहरूको भावनालाई कदर गर्दै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको हो।

येज्दी मोटरसाइकल रोडस्टर, स्क्र्याम्बलर र एडभेन्चर मोडलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पूरा गर्न डिजाइन गरिएको छ भने सबै मोडलहरूमा शक्तिशाली ३३४ सिसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कुल्ड, डिओएचसी इन्जिन छन्।

जसले रोमाञ्चक सवारीको अनुभुति प्रदान गर्दछ। यस सुविधाहरू र उत्कृष्ट कार्य सम्पादन गर्ने मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखि ९ लाख ९८ हजारसम्म पर्ने कम्पनीले बताएको छ।

येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट सिस्टम पनि छ। जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ। एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस) र स्लिपर क्लच जस्ता सुविधाहरू सहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ।

येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटिकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको छ।

एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावट अनुसार सुविधाहरू र उत्कृष्ट प्रदर्शनको साथ डिजाइन गरिएको छ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भने, “हामी प्रिमियम मोटरसाइकलको नवीनतम रेन्ज लन्च गर्न पाउँदा हर्षित छौं, जसले हाम्रो ब्रान्डको लोकाचार र विश्वस्तरीय उत्पादनहरू नेपाली दर्शकमाझ पुर्‍याउने र हाम्रो उपभोक्ताहरूको अपेक्षाहरू पूरा गर्ने र उद्योगको मापदण्डहरू परिपूर्ति गर्ने कुरामा हामी विश्वस्त छौं।”